साग अपडेटः खेलको पहिलो हाफमा नेपाल र माल्दिभ्स बराबरी
२०७६ मंसिर २१ गते

मंसिर २१, काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा खेलको पहिलो हाफमा नेपाल र माल्दिभ्स बराबरी भएको छ ।
काठमाडौँको दशरथ रंगशालामा जारी यस खेलमा खेलको पहिलो हाफमा नेपाल र माल्दिभ्स एक–एक गोलले खेल बराबरी भए हो ।
खेल सुरू भएकाे पहिलो हाफको १७ औँ मिनेटमा माल्दिभ्सले गोल गरेको थियो भने खेलको ४२ औँ मिनेटमा नेपालकाे तर्फबाट एक गरी खेल बराबरीमा पुर्याएको हो ।नेपालको तर्फबाट अभिषेक रिजालले गोल गरेका हुन् ।

यस अघि दुई मध्ये एकमा जित र एकमा बराबरी गरेको नेपाली टोली फाइनलमा स्थान बनाउनका लागि यो खेलमा जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रेको छ ।
माल्दिभ्सले भने यस अघिका तीन खेलमा दुईमा बराबरी गरेता पनि एक खेलमा हार व्यर्होनु पर्यो ।
२०७६ मंसिर २१ गते
प्रतिक्रिया
सम्बन्धित








