नेपालद्वारा श्रीलंकासामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत

मंसिर १७, काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) अन्तरगत क्रिकेट प्रतियोगितामा नेपालले श्रीलंकाको यू-२३ टोलीसामू १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले उपकप्तान दीपेन्द्र सिंह ऐरीको उकृष्ट ब्याटिङको मदतमा २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायो । 

नेपालको स्कोर २ रन हुँदा पारस खड्का व्यक्तिगत एक रनमा आउट भए । आरिफ शेख १९ र कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए, जतिबेला नेपालको स्कोर ५१ रन थियो । उपकप्तान दीपेन्द्र सिंह ऐरीले विनोद भण्डारीसँग मिलेर नेपालको पारी उकासे । 

null

भण्डारी २१ रनमा आउट भए । त्यसपछि आएका पवन शर्राफसँग ६२ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । पवन १३ बलमा २२ रन बनाएर आउट भए । दीपेन्द्र ७२ रनमा अविजित रहे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 4 =