पक्राउ परेका चिनियाँलाई देश निकाला गर्ने तयारी, लिन चिनियाँ जहाज आउने

पुस १५, काठमाडौं । नेपाल बसेर चीनमा इन्टरनेटमार्फत अवैध गतिविधि गरिरहेको आशंकामा पक्राउ परेका चिनियाँ नागरिकलाई गृह मन्त्रालयले विशेष निर्णय गरेर भिसा दुरुपयोगको कसुरमा देश निकाला गर्ने तयारी गरेको छ । 

प्रहरीले उनीहरूमाथि लगाएको अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सकेर अध्यागमन विभागमार्फत पक्राउ परेका सबैलाई भिसा दुरुपयोगसम्बन्धी कसुरमा कारबाही गरी निष्कासन गर्ने तयारी भएको हो ।   

नेपालसँग सुपुर्दगी सन्धि नभएका मुलुकका नागरिक पक्राउ पर्दा यसरी गृह मन्त्रालयमार्फत निर्णय गराएर उनीहरूलाई स्वदेश पठाइने गरिएको छ । 

यस्तै, अपराधमा संलग्न आफ्ना नागरिक विदेशी भूमिमा पक्राउ पर्दासमेत सो देशसँग सन्धि नभएको खण्डमा यसैगरी नेपाल ल्याइने गरिएको छ । 

७ पुसमा राजधानीका नौ वटा घरबाट नेपाल बसेर चीनमा आर्थिक अपराधका घटनामा संलग्न रहेका १ सय २२ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।  

यसरी निष्कासन गर्ने आफ्ना नागरिकलाई लिन चीनले दुईवटा चार्टर विमान पठाउने तयारी गरेको छ । अभद्र व्यवहारको मुद्दाको अनुसन्धान सकिएपछि मात्रै विमान कहिले आउने भन्ने टुंगो लाग्नेछ । यो समाचार राजधानी दैनिकले छापेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =