साग क्रिकेट : नेपाललाई कास्य पदक

मंसिर २३, काठमाडौं । साग क्रिकेट अन्तरगत भएको खेलमा नेपालले  कास्य पदक जितेको छ । १३ औं  दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गरेको हो । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको थियो ।   

नेपालका लागि आरिफ शेखले ३२ र कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए । विनोद भण्डारी १२ रनमा आउट भए । 

null

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seventeen =