माइतिघरमा गाउँदा अस्विकृत नारायणगोपाल जो स्वरसम्राट भए

मंसिर १९ काठमाडौं । शास्त्रीय संगीतको धुनमात्रै घन्किने नारायणगोपालको घरमा उनी भने आधुनिक गीतसंगितका मुर्धन्य श्रष्टा हुन् । उनका पिता आशागोपाल गुरुवाचार्य शास्त्रीय संगितको विरुद्धमा कहिल्यै आधुनिक गीतलाई प्रसय दिदैन थिए । उनी आधुनिक गीतसंगितलाई हलुका र रंगहिन मान्थे । तर, नारायण गोपालको भने आधुनिक गीतसंगितप्रति लगाव थियो ।
संगीतप्रतिको आशक्तिका कारण उनले भारतमा गएर शास्त्रीय संगीत पनि सिके साथै उतै रत्नशमशेरका गीतहरुलाई रेकर्ड पनि गराए । जसमा ‘स्वर्गकी रानी, आँखाको भाका आँखैले, भो भो मलाई नछेक, मधुमासमा यो दिल’, र दुईवटा युगल गीत ‘बिछोडको पीडा र ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’ बोलका गीत थिए । यी गीतहरुले बिस्तारै नेपाल र भारतमा उनको चर्चा चुलिन थाल्यो ।
राणकालबाट मुक्त भएर परिवर्तनको लहरमा उभिरहेको नेपालको नयाँ स्वरलाई उनले विस्तारै प्रेम, जीवन र राष्ट्र निर्माणका हरेक गीतबाट उच्चता दिए । पूर्वपश्चिम राजमार्ग बन्दै गर्दा उनले जाग, जाग चम्क हे नौजवान हो’ वा देशप्रेमबाट प्रभावित भएर ‘आमा तिमीलाई जलभरिका औंलाले चुम्न’ जस्ता गीत गाएका थिए ।
null
यी गीतले नारायणगोपालको श्रष्टा गायन र स्वरको गमकलाई मात्र होइन घनत्वभरि आवाजलाई प्रत्येक नेपाली युवासँग परिचित गरायो । उनको गायन शैलीकै कारण नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामा आकासिँदै गयो । यो देन स्वरसम्राट स्वर्गिय नारायणगोपालकै थियो ।
उनले आफ्नो गायन शैलीलाई व्यापक बनाउन आफ्ना प्रशंसक, प्रतिस्पर्धी र आफ्ना समकालिनहरुसँग विचार विमर्श गर्न थाले । सोही क्रममा उनी दार्जीलिङ पुगेका थिए । प्रायः सधैं माया प्रेमका गीत गाउने उनले दार्जीलिङमा नै भेट्टाएका हुन् उनकी प्रेमिका पेमलालाई साथै आत्मिय मितका रुपमा गोपाल योञ्जनलाई ।
एक सफल गायक मानिने नारायणगोपाललाई जीवनमा असफलताका लस्करहरु नआएका होइनन् । उनी पहिलो पटक स्वर परीक्षामा अनुत्तिर्ण पनि भएका थिए । उनले भारतको बरौडामा महाराजा फिरदौस संगीत महाविद्यालयमा आफ्नो पढाई अपुरो छोडेर नेपाल फर्किनु परेको थियो । चलचित्र माईतीघरमा पार्श्वगायकका रुपमा गीत गाउँन जाँदा उनी गाउन नसकेर अस्वीकृत पनि भएका थिए ।
तर, आफ्ना छिमेकीहरुको संगतले सांगीतिक यात्रामा होमिएका उनले त्यस बेलाको नेपाली गीतसंगितको धारलाई नै परिवर्तन गरिदिएका थिए । करिब तीन दशक नेपाली साँगितिक आकाशमा राज गरेका उनी प्रेमील प्रेमी पनि थिए ।
अत्याधिक मदिरा सेवन गर्ने बानी परेका स्वरसम्राट स्वर्गिय नारायणगोपालको ५१ वर्षको उमेरमा आजकै दिन मधुमेहका कारण निधन भएको थियो । उनले यस संसारलाइ अल्पायूमै छाडेर गएपनि उनका कालजयी गीतसंगित र स्वर सदबै गुञ्जिइरहन्छन् ।
स्वरसम्राटप्रति हार्दिक श्रद्धासुमन ।








