प्रहरी अस्पताल पुग्दा बलात्कारका आरोपी सिद्धबाबा आईसीयू भर्ना

मंसिर १५ , विराटनगर । बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पक्राउ गर्न प्रहरी अस्पताल पुगे लगत्तै आईसीयूमा भर्ना भएका छन् । बिहीबारदेखि विराट नर्सिङहोममा बसिरहेका सिद्धबाबा आइतबार करिब ११ बजे आईसीयूमा भर्ना भएका हुन् । 

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबालाई अस्पतालबाटै पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्मा विराट नर्सिङहोममा आइपुगेका छन् ।उनी आएलगतै चिकित्सकले सिद्धबाबालाई आईसीयूमा सार्न भनेका थिए । एक्कासी उनको मुटुको चाल बढेपछि डाक्टर ज्ञानेन्द्र गिरीको सिफारिसमा आईसीयूमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ । 

गत कात्तिक ४ गते सिद्धबाबाले बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् । सिद्धबाबा भने गत बिहीबारबाट विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए ।उनलाई छाती, मुटु तथा प्रोस्टेट तथा मिर्गौलाको पत्थरीले समस्या भएको अस्पतालले बताउँदै आएको थियो । गाइनो वार्डको ५ नम्बर डिलक्स रुममा राखेर उनको उपचार भइरहेको थियो । 

null

तर एकाएक मुटु र छातीमा समस्या बढेको भन्दै उनलाई आइतबार बिहान ११ बजे आईसीयूको १० नम्बर बेडमा सारिएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *