टेलिभिजन प्रस्तोता निखिलले किन परेश रावललाई ‘इडियट’ भने ?

पुस ७, भारत । नागरिकता संशोधन कानूनको विषयमा भारतमा आन्दोलन चर्किएको छ । बलिउडका सेलिब्रिटी पनि यो कानून फिर्ता हुनुपर्ने माग गरिरहेका छन् । यसैबीच परेश रावलको एउटा ट्वीट अचानक चर्चामा आएको छ । यो ट्वीटमा उनले रोहिंग्याको कुरा उठाएपछि टेलिभिजन प्रस्तातो निखिल चिनापाले उनलाई ‘इडियट’ भनेका छन् ।
परेश रावलले आफ्नो उक्त ट्वीटमा लेखेका छन्, ‘म्यान्मारबाट भारत – १७६९ कि.मी. म्यान्मारबाट चीन – २ कि.मी. । रोहिंग्या भारत किन आउन चाहन्छन् र चीन जान चाहँदैनन् । किनभने भारतजस्तै चीनमा कोही पनि बुद्धिजीवी र राष्ट्रविरोधी छैनन् जसले शरणार्थी रोहिंग्यको समर्थन गरुन् ।’
परेश रावलको यो ट्वीटको निखिल चिनापाले जवाफ दिँदै लेखे, ‘के यी व्यक्ति कहिल्यै स्कूल गएका थिए ? के उनलाई भारत र उसका छिमेकीको नक्सा कस्तो देखिन्छ, त्यसबारे थाहा छ ? इडियट अलर्ट । म्यान्मारले मिजोरम, अरुणाचल, नागाल्याण्ड र मणिपुरसँग सीमा साझा गर्छ ।’

स्मरण रहोस्, जामिया युनिभर्सिटीमा पुलिस कारवाहीपछि अनुराग कश्यप, परिणिती चोपडा, विक्की कौशल, ऋचा चड्डा, मनोज वाजपेयी, दीया मिर्जा, विशाल भारद्वाज, फरहान अख्तर, ऋतिक रोशनजस्ता कलाकारले पुलिस र मोदी सरकारको आलोचना गर्दै ट्वीट गरेका थिए । यस्तै, विवेक अग्निहोत्री, पायल रोहतगी, परेश रावल र अशोक पंडितजस्ता कलाकारले विरोध गरेकोमा प्रश्न गरेका छन् । एजेन्सी








