घरधनीले डेरावालको नियमित अभिलेख राख्नुपर्ने गृहको निर्णय

पुस १५, काठमाडौं । घरधनिले अब डेरा भाडामा लगाउँदा डेरामा बस्न आउनेको नियमित अभिलेख राख्नु पर्ने भएको छ । घर भाडा लिएर अवैध गतिविधि गरेको आशंकामा केही दिन अघिमात्रै १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेपछि सरकारले डेरावालाको विवरण संकलन गर्नुपर्ने निर्णय गरेको हो ।   

गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राईसहित सुरक्षा निकायका प्रमुखहरुको बैठकले कोठा भाडामा लिएर बस्नेको विवरण संकलन गर्ने निर्णय गरेको हो । 

उपत्यकासहित देशका मुख्य शहरमा घर भाडामा लिएर अपराधिक गतिविधि हुने गरेको पाइएपछि घरधनीलाई भाडामा बस्ने व्यक्ति र संस्थाले परिचय खुल्ने कागजात बुझाउनुपर्ने निर्णय गरिएको जनाइएको छ । 

भाडामा बस्नेबारेको विस्तृत विवरण संलकन गरेर नजिकको प्रहरी इकाइमा अनिवार्य रुपमा बुझाउनु पर्ने समेत निर्णयमा उल्लेख गरिएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 14 =