डी.ए.भी. शुशील केडिया विश्व भारती उमाविको २७ औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न

पुस ०३, काठमाडौं । बुधबार दिउसो भव्यताका साथ डी.ए.भी. शुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयको २७ आँै वार्षिकोत्सव समारोह आयोजना गरिएको छ ।   

ललितपुर जाउलाखेलस्थित विद्यालयमा वार्षिकोत्सव समारोहमा बुद्ध प्रेक्षालयमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अथितिको आथित्यता ग्रहण गर्दै नेपालस्थित भारतीय राजदूताबासका डेप्युटी चिफ अफ मिसन, डा. अजय कुमार उपस्थिति हुनभएको थियो । नेपालका शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तिरूत्वहरूको समेत यस समारोहमा उपस्थित गरिएको थियो ।  

यस सँगसँगै विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्मका  विभिन्न विधाका उत्कृष्ट विद्यार्थिहरूलाई वार्षिक पुरस्कार मार्फत सम्मान गरियो । विश्व साहित्य, संस्कृति, भाषा र कला क्षेत्रमा संग्लग्न रहनुभएका मिडियाकर्मीहरुको लागि उक्त दिन प्रदर्शनमा रहने विश्व साहित्यमा लिखित तर लोपोन्मुख अवस्थामा रहेका सांस्कृतिक धरोहर र सम्पदाहरू  सम्मिलित साङ्गितिक नाट्य यात्रा जीवनको विलक्षण अनुभब गरिएको थियो । सांस्कृतिक कार्यव्रmमका बर्षभरिकै छानिएका र तिखारिएका सर्वोत्कृष्ट विद्यार्थीहरुको प्रदर्शन रहेको थियो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 5 =