सुटिङमा भारतलाई १८ स्वर्ण

मंसिर २३, काठमाडौं । साग अन्तर्गत सुटिङ विधामा कुल २० स्वर्ण पदक मध्ये भारतले १८ स्वर्ण पदक जितेको छ । स्वर्ण रजत र कास्य गरि कुल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कास्य गरि २९ पदक जितेको हो ।   

दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कास्य सहित १४ पदक हात पारेको छ । कुनै पनि स्वर्ण नजितेको बंगलादेशले कुल १० पदक हात पार्न सफल भयो । बंगलादेशले ६ रजत र ४ कास्य पदक जितेको हो । चौथो स्थानमा रहेका श्रीलंकाले २ रजत र ५ कास्य गरि कुल सात पदक हात पारेको छ । माल्दिभ्स, भुटान र नेपाल पदक विहीन रहे । 

सुटिङको अन्तिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जित्दा श्रीलंकाले रजत र बंगलादेशले कास्य पदक जिते । सातदोबाटोस्थित सुटिङ रेञ्जमा भएको १० मिटर एयर पेस्तोल मिक्स इभेन्टमा भारतले स्वर्ण पदक हात पारेको हो । यसको समूह चरणमा नेपाली टिम पाँचौं हुँदै बाहिरिएको थियो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *