छापाः सागको बजेटबाट मन्त्रीहरुलाई दौरा सुरुवाल, बलात्कारी बाबा पक्राउ, श्रीमतीको शव छाडेर श्रीमान गायव

मंसिर १७, काठमाडौं । राजधानीबाट प्रकाशित अधिकांश पत्रत्रिकाले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताकै विषयलाई प्राथमिकता दिएका छन् । मंसिर १५ गतेबाट काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन भइरहेको सागका विभिन्न प्रतियोगिताका समाचारलाई आज प्रकाशित पत्रपत्रिकाले प्राथमिकता दिएका छन् । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यवस्था, बलात्कारका आरोपित सिद्धबाबा कृष्णदास पक्राउ, मंसिर १४ को उपनिर्वाचनको समाचारले पनि प्राथमिकता पाएका छन् ।   

आज कान्तिपुर दैनिकले प्रथम पृष्ठमा सागमा नेपालले प्राप्त गरेको स्वर्ण पदकको विषय शिर्ष समाचार बनाएको छ । ‘दुई÷दुई स्वर्णको कथा’ शिर्षक दिइएको छ । भने, नेपालीहरुको उत्तर भ्रमण अर्थात चीन तर्फको भ्रमणमा जाने नेपालीहरुको संख्या बढ्दै गएको समाचार पनि छ । कान्तिपुरको अग्रपृष्ठमा छाउगोठमा निसासिएर महिलाको मृत्यु भएको विषयले स्थान पाएको छ ।   

नागरिक दैनिकले ‘नेपालको दमदार सुरुवात’ शिर्षकमा सागकै समाचार बनाएको छ । उपनिर्वाचनको विषयलाई पनि स्थान दिएको छ भने, प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो अस्पतालबाट आफ्नो स्वास्थ्यवस्थाका बारेमा दिएको अभिब्यक्तिलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ । यसका साथै बलात्कारको आरोपमा चतराबाट सिद्धबाबा पक्राउको समाचार पनि छ ।   

यता अन्नपूर्ण पोस्टले पनि सागकै समाचारलाई प्राथमिकता दिएको छ । ‘नेपाललाई १५ स्वर्ण’ शिर्षकमा मुख्य समाचार बनाइएको छ । राजधानी दैनिकले सागको समाचारसँगै उपनिर्वाचनको अन्तिम परिणामको विश्लेषण गरिएको छ । साथमा अस्पतालमा गर्भवती श्रीमतीलाई उपचार गर्दा गर्दै रकम अभावका कारण अस्पतालमै मृत्यु भएपछि श्रीमान गायब भएको समाचार पनि छ ।   

नयाँपत्रिकाले भने १३ औं सागको बजेटबाट मन्त्रीहरु र पदाधिकारीले दौरासुरुवाल सिलाएको समाचार प्राथमिकताका साथ प्रकाशित गरेको छ । नयाँ पत्रिकाका अनुसार सागको बजेट दुरुपयोग भएको छ ।   

नयाँ पत्रिका लेख्छ, गृहमन्त्रीलाई मात्र होइन, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, खेलकुदमन्त्री जगत विश्वकर्मालगायत ४० जना भिआइपीले सित्तैमा दौरा–सुरुवाल पाएका छन । सागका लागि विनियोजित बजेटबाट उनीहरूले छालाको कालो जुत्ता, मोजा र टोपीसम्म पाएका छन । तर, दुर्भाग्य ! नेपाली खेलाडीले दौरा–सुरुवालमा मार्चपास्ट गर्ने भनिएकोमा क्रिकेट खेलाडीका लागि दौरा–सुरुवाल सिलाउन नभ्याइएको भन्दै उनीहरूलाई ट्र्याक–सुटमै हिँडाइएको थियो । खेलकुदको पैसा दुरुपयोग भएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले दौरा–सुरुवाल अस्वीकार गरेका छन । 

उनले सागको नाममा भएको खर्च विवरण हेरेर अनियमिततालाई अस्वीकार गर्न अर्थका अधिकारीहरूसँग संक्षिप्त अनौपचारिक छलफल पनि गरेका छन । आयोजना र व्यवस्थापनका लागि सरकारले पौने चार अर्ब रकम विनियोजन गरेको छ । यो रकमबाट नेपालसहित दक्षिण एसियाका सात राष्ट्रका खेलाडी, प्रशिक्षक, प्राविधिक र प्रतिनिधि गरी झन्डै ६ हजार सहभागीको नेपाल बसाइ व्यवस्थापन हुनेछ । यही रकमबाट नेपाली खेलाडीको तयारी पनि गर्नुपर्नेछ । तर, आर्थिक रूपले पनि आफ्नो पोसाक आपैmं व्यवस्था गर्न सक्ने विशिष्ट व्यक्तिहरूले खेलकुदका लागि आएको रकमबाट एक–एक जोर कपडा जोडेका छन् । 

हेर्नुहोस आजका पत्रपत्रिकाका प्रथम पृष्ठ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − five =