वैद्य समूहका नेता सीपी गजुरेल माइतीघरबाट पक्राउ
२०७६ पुस १३ गते

पुष १३, काठमाडौँ । काठमाडौंको माइतीघरबाट मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् ।
भारतबाट भएको सीमा अतिक्रमणको विरोधमा गर्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका गजुरेललाई प्रहरीले पक्राउ गरेको हो ।
माइतीघरतर्फबाट जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ जबरजस्ती अघि बढेपछि प्रहरीले धरपकड गरेको बताइएको छ। सो क्रममा वैद्य माओवादीका अरु केही कार्यकर्ता पनि पक्राउ परेका छन् ।

२०७६ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित








