मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कियारा आडवाणी कबिर सिंहमा यस्ता दृश्य दिन असहज थिइन्

पुष २, भारत ।  बलिउडमा यस्ता थुप्रै फिल्म रिलिज भए जसको विषयवस्तुमाथि व्यापक विरोध भएको छ । यस्तै फिल्मको सूचीमा छ, शाहिद कपुरको फिल्म ‘कबिर सिंह’ । यो फिल्मका निर्मातामाथि कबिर सिंहजस्ता बिग्रिएका पात्रको तारिफ गरेको आरोप लागेको छ ।  

यसका लागि फिल्मका निर्देशक संदिप वांगा रेड्डी पनि निकै ट्रोल भए । यसबाहेक शाहिद कपुर पनि उक्त भूमिका निभएका कारण र त्यसको पक्षमा उभिएका कारण ट्रोलको शिकार भए । यस्तै, अब यो फिल्मकी नायिका अर्थात् कियारा आडवाणीको प्रतिक्रिया पनि आएको छ । उनले फिल्मको विषयमा जे जति कुरा गरिन् त्यसले धेरैलाई चकित पारेको छ । 

हालै, हिन्दुस्तान टाइम्सललाई दिएको एक अन्तर्वार्तामा कियारा आडवाणीले फिल्मका लागि आफू सहज नभएको बताएकी छिन् । उनले भनिन्, ‘नीजि रुपमा म यो फिल्मका केही दृश्य गर्नका लागि राजी थिइनँ र उक्त दृश्यका कारण मलाई असहज महसुस भएको थियो । केही अन्य कुरामा पनि म असहज थिएँ जस्तै, कबिर सिंहको भूमिका । मैले ‘कबिर सिंह’ लाई एउटा हिरोको रुपमा कहिले पनि हेरेकी थिइनँ ।’ 

Related image

कियाराले थपिन्, ‘केही दृश्यका लागि असहज थिएँ  तरपनि म अभिनयका लागि तयार भएँ । मलाई चित्त नबुझेको कुरामाथि धेरैले आवाज उठाउनु भयो, जुन राम्रो भयो । मैले यसलाई एउटा फिल्म र एक काल्पनिक कहानीको रुपमा हेरेँ । म अब अघि बढिसकेकी छु ।’ 

कियाराको यो बयानपछि फिल्मबारे जुन प्रश्न उठिरहेको थियो त्यसमा उनी सहमत भएको जस्तो देखिन्छ । अचम्म त के भयो भने यति हुँदा हुँदै पनि उनी फिल्म गर्न तयार भइन् । एजेन्सी 

  

प्रतिकृयाहरु
Loading...