बिराट राजवंशीको संस्कृती कला जगेणा गर्न पुस्तकालय संचालन

पुष २, बिराटनगर ।  मोरङको बखरीस्थित बिराट राजवंशी संस्कृतीक पुस्तकालय सञ्चालन भएको छ ।  गत मंसिर ३० गते बिराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीले उक्त पुस्तकालयको उद्धघाटन गरेका थिए ।   

बिराट राजवंशी संस्कृतीको निजि लगानीमा सञ्चालनमा ल्याएको उक्त पुस्तकालयलाई महानगरपालिकाबाट एक वर्षको फ्रि वाई फाई, कुर्सी साथै अफिसियल टेवल प्रदान गरेको उक्त पुस्तकालयका संयोजक कुसेश्वर राजवंशीले बताए । 

बिराट राजवंशीको संस्कृती कला जगेणा भन्दा लोप हुँदै गएको र  उक्त कुरालाई पुस्तकालयको माध्यमबाट  सहायता मिल्छ भन्ने उद्देश्यका साथ पुस्तकालय सञ्चालनमा ल्याएको राजवंशीले बताए । उनका अनुसार उक्त पुस्तकालयमा राजवशी समुदायको संस्कार संस्कृती उल्लेख भएका पुस्तकहरु समावेश गरीएको छ । 

त्यसमा पनि ‘मौर’ नामक पुस्तक जुन दाईजो प्रथा बिरुद्ध लेखिएको छ उक्त पुस्तक पनि समावेश रहेको उनले बताए ।  राजवंशी समुदायमा दाईजो प्रथा संस्कृती भन्दा पनि समुदायको रोग भएको   र दाईजो प्रथा आयातीत संस्कृती भएको कारण उक्त मौर पुस्तक लेखिएको साथै पुस्तकालयमा पनि समावेश गरीएको उनले बताए । 

बिराट राजवंशी समुदाय न्यून संख्यामा रहेको र आज सम्म पत्रकारीता क्षेत्र, राजनैतीक क्षेत्र साथै  राष्ट्रियस्तरमा कहि उठ्न नसकेको कारण यहि पुस्तकालयको माध्यमबाट सांस्कृतिक प्रतिष्ठान कला संग्राहलय निर्माण गर्ने भावि योजना रहेको पनि उनले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 7 =