ल्याण्ड हुँदै गरेको जहाजसँग जंगली जनावर ठोक्किँयो, यस्ताे छ अवस्था
२०७६ मंसिर १९ गते

काठमाडौं । नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किँएको छ । काठमाडौंबाट नेपालगन्ज ल्याण्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किँएको हो ।
जहाज ल्याण्ड हुनेक्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहले बताए । जहाजमा ठोक्किँएको बँदेलको मृत्यु भएको छ । जहाज र यात्रुलाई कुनै क्षति नभएको शाहले जानकारी दिए ।
मंगलबार साँझ ६ः२५ बजे बुद्ध एयरको जहाज नेपालगन्जमा ल्याण्ड हुँदै थियो त्यही बेलामा नजिकको झाडीबाट बँदेल दौडेर रनवेतिर आएपछि जहाजको पछाडीको चक्कामा ठोकिँएको थियो । नेपाल समाचारपत्रले खबर छापेको छ ।
null
२०७६ मंसिर १९ गते
प्रतिक्रिया
सम्बन्धित








