नेपालद्वारा भुटान चार गोलले पराजित

म‌ंसिर १७, काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) प्रतियोगिता अन्तरगत पुरुष फुटबल तर्फ नेपाल वियजी भएको छ । नेपालले भुटानविरुद्ध चार गोल गर्दै विजयी भएको हो ।   

मंगलबार दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफको चौथो मिनेटमा एक गोल गरेको नेपालले दोश्रो हाफको ५१ औं , ६५ औं र ७७ औं मिनेटमा ३ गोल गर्दै भुटानविरुद्ध जित हात पारेको हो ।     

खेलमा नेपालका लागि कप्तान सुजल श्रेष्ठले दुई,  अभिषेश रिजालले एक र मिक्चेन तामाङले फ्रि किक मार्फत एक गोल गरेका हुन् । साग फुटबलमा ५ टिम सहभागी छन् । राउण्ड रोविनको आधारमा खेल खेलाइएको छ । 

null

यसैबीच जीतपछि नेपाली फुटबल टीमका कप्ताल सुजल श्रेष्ठले आजको जीतमा खुशी भएको प्रतिक्रिया दिएका छन् । उनले भने,‘त्यस्तो धेरै खुशी हुने अवस्था छैन, हाम्रो लक्ष्य भनेको साफ च्याम्पियनसिप जित्नु हो ।’ उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।   

त्यस्तै भुटानका कोच पेमाले आफ्ना खेलाडीहरुले राम्रै खेलेको प्रतिक्रिाया दिएका छन् । उनले भने, ‘खेलाडीहरुले शत प्रतिशत दिएकै हुन्, उनीहरुसंग म खुशी छु ।’   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =