मृत्यु भइसकेका प्रेमीबाट यसरी गर्भवती बन्दैछिन् यी महिला

पुस ७ । अष्ट्रेलियामा बस्ने २४ वर्षकी आयला क्रेसवेलका प्रेमी जोशुआ डेविसको मृत्यु भइसकेको छ । तर आफ्नो प्रेमलाई जिउँदो राख्नका लागि आयलाले जे कदम उठाइन् त्यो निकै नै अचम्मको छ । 

आयला आफ्ना मृत्यु भइसकेका प्रेमीको वीर्यबाट आमा बन्नेछिन् । यसका लागि आयलाले अदालतको ढोका पनि ढक्ढकाइन् र करिब दुई महिनापछि अदालतले पनि आयलालाई हरियो झण्डा देखायो । 

वास्तवमा जोशुआ डेविस र आयला क्रेसवेल दुई वर्षदेखि सम्बन्धमा थिए । दुबैले चाँडै नै विवाह गर्ने सोच बनाएका थिए तर पछिल्लो वर्ष अगस्टमा डेविसको मृत्यु भयो । 

जोशुआ र आयलाले आफ्ना तीन सन्तान होउन् भन्ने चाहना राखेका थिए । यसै सपनालाई पूरा गर्नका लागि आयलाले डेविसको मृत्युलगत्तै उनको वीर्य स्टोर गरेर स्पर्म बैंकमा राखिदिएकी थिइन् । 

आयलाले अदालतसामू आइभीएफ प्रविधिमार्फत गर्भवती हुन गुहार लगाइन् । अब उनी यो प्रविधिमार्फत गर्भवती भएर चाँडै नै बच्चालाई जन्म दिनेछिन् । आयलाको यो निर्णयलाई डेविसको परिवारले पनि तारिफ गरे र उनलाई आवश्यक सबै सहयोग गरे । स्मरण रहोस् इन व्रिटो फर्टिलाइजेशन (आइवीएफ) एक प्रविधि हो जसमा महिलालाई कृत्रिम रुपमा गर्भाधान गराउन सकिन्छ । 

यसलाई टेस्ट ट्युब बेबीको नामले पनि चिनिन्छ । आइवीएफको सहारा धेरैजसो ३५ वर्षभन्दा बढि उमेरका महिलाले लिने गर्दछन् किनभने उनीहरुमध्ये धेरै प्राकृतिक तरिकाले गर्भधारण गर्न असक्षम हुन्छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fifteen =