दुईवटा चलचित्रमा एउटै लुगामा देखिएपछी अक्षय ट्रोलको शिकार

मंसिर १७, भारत । बलिउडका नायक अक्षय कुमार एक वर्षमा सबैभन्दा धेरै फिल्ममा अभिनय गर्ने नायकको रुपमा परिचित छन् । हाउसफूल ४ पछि अब उनको फिल्म गुड न्यूज पनि चाँडै नै सिनेमाघरमा रिलिज हुने तयारीमा छ ।  

तर उनको भूमिकाभन्दा उनको कपडाको चर्चा भइरहेको छ । वास्तवमा, गुड न्यूज र हाउसफुल ४ मा एउटै लुगा लगाएको भन्दै प्रयोगकर्ताले अक्षयलाई ट्रोल गरेका छन् । 

अक्षयको फ्यान पेजमा एक प्रयोगकर्ताले हाउसफूल ४ र गुड न्यूजबाट अक्षयका तस्बिर सेयर गरेका छन् । यसमा अक्षय एउटै कपडा र एउटै हेयरस्टाइलमा देखिएका छन् । ती दुई फोटोमध्ये एउटा अक्षयको आउँदो फिल्म गुड न्यूजको हो भने अर्को फोटो हाउसफूल ४ को हो । यो क्लोज रिपिटेशनका लागि प्रयोगकर्ताले अक्षयको मुभी बजेटको मजाक उडाएका छन् । एजेन्सी 

Image result for अक्षय कुमार

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + four =