मड्रिडलाई १–० ले हराउँदै बार्सिलोना शीर्ष स्थानमा

मंसिर १६, एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । आइतबार राति भएको खेलमा एट्लेटिको मड्रिडलाई १–० ले हराउँदै शीर्ष स्थानमा फर्किएको हो ।   

खेलको निर्धारित समय सकिन चार मिनेटमात्रै बाँकी रहँदा बार्सिलोनाकातर्फबाट लियोनल मेस्सी गोल गर्न सफल भए । अन्ततः मेस्सीको गोल नै निर्णायक बन्यो । १४ खेल खेलेको बार्सिलोनाले ३१ अंक बनाएको छ भने समान ३१ अंक रहेको रियल मड्रिड गोल अन्तरका आधारमा तालिकाको दोस्रो स्थानमा झरेको छ ।   

आइतबार राति नै भएको अन्य खेलमा सेभियाले लेगानेसलाई १–० ले हराएको छ भने एथ्लेटिको बिल्बाओले ग्रानाडालाई २–० ले हरायो । ओसासुनाले स्पान्योललाई ४–२ र गेटाफेले लेभान्टेलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *