उपेन्द्र यादव कांग्रेस र राजपासँग मिलेर सरकारविरुद्ध आन्दोलन गर्ने

पुस ०८, काठमाडौं । समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले  सरकारविरुद्ध आन्दोलन गर्ने भएका छन् ।   

काठमाडौंमा आयोजित एक कार्यक्रममा यादवले भने, ‘अब प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा नेपालसँग मिलेर सरकारविरुद्ध संघर्ष गछौं ।’ 

संविधान संशोधनलगायतका दुई बुँदे माग पूरा नगरेको भन्दै समाजवादी पार्टीले आजबाट सरकार छोडेको छ । समाजवादी पार्टीबाट उपेन्द्र यादव र मोहम्मद ईस्तियाक राई सरकारमा सहभागी थिए । 

null

आज संसदीय दलको बैठक बसेर समाजवादी पार्टीले सरकार छोडेको जनाएको छ । अध्यक्ष यादवले भने सरकारको समर्थनपनि फिर्ता गरेर संघर्षमा जाने घोषणा गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =