कास्की–२ मा कांग्रेस दाेब्बर मतले पछि, विद्याले मार्लिन बाजी ?

मंसिर १५, पोखरा । कास्की २ मा सत्तारुढ नेकपाकी उम्मेद्वार विद्या भट्टराईको दोब्बर अग्रता बढेको छ ।   

जारी मतगणना विद्या भट्टराईले ११ हजार ८ सय ३६ मत ल्याउँदा कांग्रेसका उम्मेद्वार खेमराज पौडेलले ५ हजार ८ मत मात्र प्राप्त गरेका छन् ।   

कास्की–२ को मतगणना पोखरा महानगरपालिकाबाट भइरहेको छ । अहिलेसम्म महानगरपालिकाका १७, २०, २१ र ३३ को मतगणना सकिइसकेको छ । 

Image result for कास्की विद्या खेमराज

अहिले वडा नं. १६ को मतगणना भइरहेको छ । गणना आजै रातिसम्ममा सकिने अनुमान गरिएको छ । 

७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नं. २ मा ६४.४ प्रतिशत मत खसेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *