१५ सय मिटर दौडमा नेपाललाई कास्य पदक

मंसिर १७, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत आज (मंगलबार) बिहान भएको १५०० मिटर पुरूष दौडमा नेपालले कास्य पदक जितेको छ । सो प्रतियोगितामा भारतले स्वर्ण र रजत दुवै पदक आफ्नो पोल्टामा पारेको छ । 

बिहान दशरथ रंगशालामा भएको खेलमा नेपालका टंक कार्कीले कास्य पदक हासिल गरेका हुन् । स्वर्ण पदक भारतका सजयकुमार सरो र रजत भारतकै अजित कुमारले जितेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 6 =