साग बास्केटबलः नेपाल सेमिफाइनलमा

मंसिर २२, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज भएको बास्केटबलमा नेपालले जित निकालेको छ ।  

आइतबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ७६–६२ अंकले हराउँदै जित निकालेकाे हाे ।  

योसँगै नेपाल सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा अब नेपालले भारतसँग खेल्ने छ भने  बंगलादेशले श्रीलंकासँग खेल्नेछ । 

यसअघि नेपाल बंगलादेशसँग ६७–६१ अंकमा पराजित भएको थियो।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *