बलात्कारको आरोपमा हेल्थ पोष्ट इञ्चार्ज पक्राउ

मंसिर २२, रौतहट । शनिबार रौतहटमा महिलालाई बलात्कार गरेको आरोपमा  हेल्थ पोष्टका एक इञ्चार्जेलाई प्रहरीले पक्राउ गरेको छ ।   

प्रहरीका अनुसार रौतहटको यमुनामाई गाउँपालिकामा पर्ने सरुअठा हेल्थ पोष्टका  इञ्चार्ज ४५ बर्षिय सुधिर कुमार सिंहलाई पक्राउ गरिएको हो ।   

उनीमाथी गत मंसिर १८ गते रौतहटमा घुम्न आएकी  चितवनको भरतपुर बस्ने एक ३२ वर्षीय महिलालाई बस चढाई दिने बहानामा उक्त हेल्थपोष्टमा लगी  जबरजस्ती बलात्कार गरको आरोप छ ।   

प्रहरीका अनुसार बसपार्कमा बसको प्रतिक्षा बसी रहेकी उक्त महिलासँग सिंहको भेट भएछी उनले यहाँबाट नलाग्ने भन्दै बस लाग्दै ठाउँमा पुर्याइदिने भन्दै आफ्नो मोटरसाइकलमा चढाई करिब १५ किलोमिटर उतर पर्ने सो हेल्थ पोस्टमा लगेर बलात्कार गरेका थिए ।   

प्रहरी हिरासतमा रहेका डाक्टर सिंह सरुअठा हेल्थपोस्टमा अहेव पदमा कार्यरत भएपनि उनि भारतको दरभंगाबाट विडिएस (डेन्टीस्ट) पढेर उनि सदरमुकाम गौरमा दाँतको निजि क्लीनिक पनि सञ्चालन गर्दै आइरहेका थिए । 

उनीबिरुद्ध सोही हेल्थ पोस्टका अर्की एक कर्मचारीले पनि आफूलाई बारम्बार बलात्कार गरेको मौखिक उजुरी दिएको प्रहरीले जनाएको छ ।  रौतहट प्रहरीका अनुसार २१ गते शनिवार परेकाले आज लिखित जाहेरी लिने र अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने तयारी भईरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *