धरानबाट एकै दिन पाँच लागूऔषध काराेबारी पक्राउ

तस्विरः फायलतस्विरः फायल 

मंसिर २९, काठमाडौं । सुनसरीको धरानको विभिन्न स्थानबाट पाँच जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई शनिबार भिन्न स्थान र समयमा पक्राउ गरेको हो ।   

लागुऔषध ओसारपसार तथा बेचबिखन गरिरहेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।   

शनिबार बिहान धरानको वडा नं २० विष्णुपादुकास्थित अछामे डाँडाबाट दुई जना गाँजासहित इटहरी २० तरहराका २१ बर्षीय बाबु बुढाथोकी र १९ बर्षीय निरन राई पक्राउ गरेका छन् । उनीहरुको साथबाट २ केजी गाँजा वरामद भएको छ ।   

शनिबार नै दिउँसो ४ बजे धरान ११ स्थित मणिकुमार लिम्बुको कोठाबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ३२ बर्षीय मणिकुमार र बराहक्षेत्र नगरपालिका ३ का ३० बर्षीय विष्णुकुमार लिम्बु रहेका छन् । उनीहरुको साथबाट एभिल १३ एम्पुल, डाइजेल्याब १३ एम्पुल र लुपिजेसिक १३ एम्पुल वरामद भएको छ । 

शनिबार नै ४ बजे धरान तिनकुनेस्थित चेकपोइन्टबाट धरान १५ श्यामचोकका २३ बर्षीय सुमन परियार पनि लागुऔषधसहित पक्राउ परेका छन् । उनको साथबाट डाइजेल्याब ३ एम्पुल, लुपिजेसिक ३ एम्पुल र एभिल ३ एम्पुल वरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरुलाई लागुऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *