नेपाल जेसीज २०२० को राष्ट्रिय अध्यक्षमा अशोक शंकर निर्वाचित

पुस १२, काठमाडौं । नेपाल जेसीज वर्ष २०२० को राष्ट्रिय अध्यक्षमा मोरङ पथरीका अशोक शंकर निर्वाचित भएका छन् । चितवनको रत्ननगरमा सम्पन्न ४६ औं राष्ट्रिय महाअधिवेशनबाट शंकर अध्यक्षमा निर्वाचित भएका हुन् । 

अशोक शंकरले चितवनका अरुणेश्वर खनाल र काभ्रेका विकास मानन्धरलाई पराजित गरेका छन् । निर्वाचित शंकरले ५ सय ५१ मत प्राप्त गर्दा विकास मानन्धरले ४८७ र अरुणेश्वर खनालले ५२७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।   

शंकर सन् २०११ मा पथरी जेसीजको संस्थापक अध्यक्ष हुँदै नेपाल जेसिजको वर्ष २०१४ राष्ट्रिय उपाध्यक्ष र २०१८ मा कार्यकारी उपाध्यक्ष भइसकेका छन् । जेसिजको   

१ हजार ७१० मत मध्ये १ हजार ५ सय ६५ मत खसेको थियो ।   

जेसीजको कार्यकारिणी उपाध्यक्षमा विजय गुरुङ, लालमणि भण्डारी, गोकुल सापकोटा र शोभा खरेल निर्वाचित भए । गुरुङले एक हजार ११, भण्डारीले ६९३, सापकोटाले ९४५ र खरेलले एक हजार ११ मत प्राप्त गरेका छन् । चार कार्यकारिणी उपाध्यक्षका लागि नौ जनाको प्रतिस्पर्धा थियो । 

यसैगरी उपाध्यक्षमा कृष्ण सापकोटा ८५९, कञ्चन झा एक हजार १०८, रमा प्याकुरेल एक हजार २७०, रामबहादुर बोगटी एक हजार २६३ मत, अनवर हुसेन ८९०, गणेशबहादुर साउद ९४२, धीरज शाही एक हजार १००, राकेश गुरुङ एक हजार २१५, शिवप्रसाद भुसाल एक हजार ५६, मन्जु शाह ठकुरी एक हजार ७८, विशाल थापा एक हजार २२ र गोविन्द पङ्गेनी ८२० मत ल्याएर विजयी भए । बाह्र उपाध्यक्षका लागि १७ जनाको उम्मेदवारी परेको थियो ।   

महासचिवमा टेकराज रेग्मी, कोषाध्यक्षमा विमल रिमाल र कानूनी सल्लाहकारमा राजेन्द्र घिमिरे मनोनीत भएका छन् । महाधिवेशनका लागि जेसीजको ७७ जिल्लाका १५० शाखाबाट तीन हजार जेसीहरुको सहभागीता थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *