टेबलटेनिसको सेमिफाइनल नजिक नेपाल

फाेटाे फायल 

मंसिर १६, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत टेबलटेनिसको पुरुष टिम इभेन्ट्समा नेपालले लिग चरणको पहिलो खेलमा जित हात पारेको छ । लैनचौर स्थित टेनिस हलमा भएको खेलमा नेपालले श्रीलंकामाथि ३–१ सेटको जित हात पारेको हो। 

 अब नेपालले सेमिफाइनल प्रवेशका लागि मंगलबार माल्दिभ्सँग खेल्नेछ । नेपालबाट टिम इभेन्टमा स्यान्टु श्रेष्ठ, पुरुषोत्तम बज्राचार्य र शिव सुन्दर गोथेले सहभागिता जनाएका थिए । आजै भएको खेलमा भारतले पाकिस्तान र बंगलादेशमाथि जीत हात पारेको छ ।  

Image result for table tennis 13th sag

दुवै खेलमा भारतले ३-० को सोझो सेटमा जित हात पार्यो । भारत सेमिफाइनलमा पुगिसकेको छ । यस्तै श्रीलंकाले यसअघि भएको पहिलो खेलमा माल्दिभ्स लाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । महिलातर्फ नेपाली टोली महिला तर्फ आज भएको खेलमा भारतले माल्दिभ्स र पाकिस्तानलाई समान ३–० कै सेटमा पराजित गरेको छ । यता श्रीलंकाले महिलातर्फ बंगलादेशलाई ३–१ को सेटमा पराजित गरेको छ ।  

भारत महिला तर्फपनि सेमिफाइनलमा पुगिसकेको छ । महिला तर्फ नेपाली टोलीले श्रीलंकासँग ३–० सेटमा पराजित भएको छ । नेपाली महिला टोलीले भोलि बंगलादेशसँग खेल्नेछ । मंगलबार बिहान लिग चरणकम बाँकि खेल हुनेछन् भने सेमिफाइनल दिउँसो १:३० बजे सुरु हुनेछ । यस्तै टिम इभेन्ट महिला र पुरुष मंगलबार ४ बजे फाइनल हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *