‘टाउको दुख्यो भन्दैमा औषधी नै खाइ हाल्नु पर्दैन’ डा. देव

हामी सामान्यतयः साधारण रुपमा टाउको दुख्ने वित्तिकै औषधी सेवन गर्छौं । अझ कतिपय त डाक्टरको सिफारिस विना नै मेडिकलबाट हचुवाको भरमा औषधी खाँदा दिर्घकालिन असर समेत पर्दछ ।   

विराट मेडिकल कलेज शिक्षण अस्पतालका न्यूरो सर्जन डा. माधव प्रसाद देवले टाउको दुख्ने वित्तिकै औषधी खाइहाल्न नहुने बताएका छन् । डा.देवका अनुसार पछिल्लो समय न्यूरो सम्बन्धी समस्या जाडो मौसममा बढि देखा पर्दछ । ५५ वर्ष भन्दा माथिका उमेर समूहमा मानिसलाई प्रेसर बढेर टाउको दुख्ने र रगत समेत जम्ने समस्याहरु देखिन्छन् ।   

अब्यवस्थित दैनिक जीवनशैलीले युवा अवस्थामा समेत टाउको सम्बन्धी रोग देखिने गरेको छ ।   

हेर्नुहोस भिडियो 

  

https://youtu.be/FjEmoJeS478 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =