आज यसरी चम्किदैँ छ तपाईँको भाग्य, हेर्नुस् राशिफल

पुस १५, काठमाडौं । तपाईँको आजको राशिफल 

मेष 

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । 

null

वृष 

स्वादिष्ट भोजन पाईनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । व्यापार व्यवसायमा लाभ होला । शुभ समाचार सुन्न पाइएला । 

मिथुन 

छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफल भइनेछ । 

कर्कट 

सरकारी निकाएको भय रहला । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । 

सिंह 

आज रमाइलो यात्राको योग रहेको छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । 

कन्या 

प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । 

तुला 

साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश, जाँगर र उमङ्ग बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । 

वृश्चिक 

आज कार्य सम्पादनमा समस्या आउला । लत्ता कपडामा बढी खर्च हुनेछ तर, धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । 

धनु 

नयाँ कामको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । गरेको कार्यमा सफलता पाइएला । 

मकर 

तिर्थाटनको योगछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शुभकार्यको चर्चा चल्नेछ । 

कुम्भ 

आज दैनिक कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । 

मीन 

 महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्छ, तर वैदेशिक क्षेत्र सबल रहनेछ ।   –  ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *