सभामुखको टुङ्गो नलागेपछि संसद बैठक नै प्रभावित
मकालु खबर
२०७६ पुस ११ गते
पुस ११, काठमाडौं । शुक्रबार (आज) बस्ने भनिएको संसद बैठक नबस्ने भएको छ । सभामुख पदका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारका विषयमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक नै प्रभावित भएको हो ।
उपसभामुख डा.शिवमाया तुम्बाहम्फेले सूचना टाँसेर बैठक पुस १४ वा १६ गतेका लागि राख्ने तयारी भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ । आजको बैठकको कार्यसूचीमा सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने विषय पनि समेटिएको थियो ।
सत्तारूढ नेकपामा सभामुख कसलाई बनाउने भन्नेबारे छलफल हुन नसक्दा बैठक प्रभावित भएको हो ।
आज प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच सभामुखका बारेमा छलफल हुने स्रोतले जनाएको छ । दुई अध्यक्षबीच सभामुख कसलाई बनाउने भन्नेमा सहमति हुन नसकेपछि संसद बैठक पनि बस्न सकेको छैन ।
मकालु खबर
२०७६ पुस ११ गते
प्रतिक्रिया
सम्बन्धित