इंग्लिस प्रिमियर लिगः लिभरपुलको अग्रता कायमै, पछिल्लो खेलमा लिभरपुलद्वारा एभर्टन ५–२ ले पराजित
मकालु खबर
२०७६ मंसिर १९ गते
मंसिर ९, एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्ग जारी खेलमा लिभरपुलले आफ्नो अग्रता कायमै राखेको छ भने लेस्टर सिटी पनि दोस्रो स्थान बनाइरहेको छ । बुधबार एनफिल्डमा भएको खेलमा लिभरपुलले एभर्टनलाई ५–२ ले हराउँदै १५औँ रणको खेल सकिँदा लिभरपुलले आठ अंकसँगै अग्रता लिएको छ ।
लेस्टर सिटीले पनि रेलिगेसन जोनको वाट्फोडएलाई २–० ले हराउँदै दोस्रो स्थान कायम गरेको छ । बुधबारको खेलमा लिभरपुलका तर्फबाट एभर्टनविरुद्ध डिभोक ओरिगीले दुई गोल गरे भने जेर्दन शाकिरी, साडियो माने, जर्जिनियो विनाल्डमले एक–एक गोल गरेका थिए ।
लेस्टरले वाट्फोर्डलाई हराउँदा जेमी भार्डीले ५५ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । अर्को गोल दोस्रो गोल जेम्स म्याडिसनले इन्ज्युरी समयमा गरेका थिए ।
मकालु खबर
२०७६ मंसिर १९ गते
प्रतिक्रिया
सम्बन्धित