छापाः १ मिलि सेकेन्डले नेपाललाई स्वर्ण, मृत्यु भइसकेका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा, सीमामा सीसी क्यामेरा

मंसिर १८, काठमाडौँ । राजधानी काठमाडौँबाट आज प्रकाशित पत्रपत्रिकाहरुले बागलुङको जिप दुर्घटना र नेपालमा जारी साग अन्तर्गतको खेलको विषयलाई फ्रन्ट पेजको मुख्य समाचार बनाएका छन् । आजको कान्तिपुर दैनिकले १ मिलि सेकेन्डले स्वर्ण शीर्षकमा एथलेटिक्समा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक प्राप्त भएको समाचारलाई आजको फ्रन्ट पेजको मुख्य समाचार बनाएको छ ।   

त्यस्तै कान्तिपुरले नै प्रत्यारोपण कम्तीमा दुई महिनापछि शीर्षकमा प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी समाचारलाई पनि आजको फ्रन्ट पेजको समाचार बनाएको छ । त्यस्तै नयाँपत्रिका दैनिकले सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा शीर्षकमा मुख्य समाचार छापेको छ ।   

आजको नेपाल समाचारपत्रले पनि आफ्ने फ्रन्ट पेजमा खेल समाचार र जिप दुर्घटनामा परि १४ जनाको मृत्यु भएको समाचारसँगै सीमामा सीसी क्यामेरा शीर्षकमा पनि समाचार छापेको छ । 

पत्रपत्रिकाहरुको फ्रन्ट पेज तस्बिरमा   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *