काठमाडौँ बिमानस्थलमा वन्यजन्तुको सिंगसहित महिला पक्राउ

मंसिर १७, काठमाडौँ । मंगलबार बिहान काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा प्रतिबन्धित वन्तजन्तुको अंग तस्करी गर्ने एक महिलालाई पक्राउ गरिएको छ । 

आज बिहान ९ बजे गोरखाबाट घापबाट काठमाडौं सिम्रिक एयरको हेलिकोप्टरबाट आएकी हुम्लाको ताँजाकोट गाउँपालिका–५ की २९ वर्षीया सम्झना बुढा लाई प्रहरीले पक्राउ गरेको हो । 

उनलाई विमानस्थलमा चेकिङ्गको क्रममा पक्राउ गरिएको विमानस्थल प्रहरी प्रमुख डीआईजी सुर्य उपाध्यायले जानकारी दिएका छन् ।   

पक्राउ परेकी सम्झनाले सेतो रंगको बोरामा कालो रंगको वन्यजन्तुको सिंग बोकेकी प्रहरीले जनाएको छ ।  हाल उनलाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय, हात्तीसार पठाईएको प्रहरीले जानकारी दिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =