सागका पदक विजेतालाई सुदूरपश्चिम प्रदेश सरकारले पनि पुरस्कृत गर्ने
मकालु खबर
२०७६ मंसिर २७ गते
मंसिर २७, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भर्खरै सम्पन्न भएको तेह्रौैँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्नेभएको छ ।
दक्षिण एसियाली खेलकूद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट राष्ट्रको प्रतिनिधित्व गर्दै पदक विजेता खेलाडीहरुलाई मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मान स्वरुप पुरस्कृत गर्ने घोषणा गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिं ओलीले जानकारी दिए ।
खेलाडीहरुको मनोबल बढाउनुका साथै उच्च आत्मसम्मान प्रदान गरुन भन्ने उद्देश्यले स्वर्ण पदक बिजेतालाई जनही एक लाख, रजत पदक बिजेतालाई ५० हजार र कास्य पदक बिजेतालाई ३० हजार नगद प्रदान गरिने प्रमुख स्वकीय सचिव ओलीले बताए ।
मकालु खबर
२०७६ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित