शान्ति बजार विद्यालयको अध्यक्षमा पुनः सापकोटा

पुष २, चितवन ।  खैरहनी नगरपालिका १० शान्ति बजार स्थित राष्ट्रिय आधारभूत विद्यालयमा व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः डिल्लीराम सापकोटा चयन भएका छन् ।  

मंगलबार भएको भेलाले सापकोटाको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति गठन गरेको विद्यालयका प्रधानाध्यापक लेखप्रसाद धरेलले बताए । समितिको पदेन सदस्यमा वडा सदस्य पदम चुहान, सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक लेखप्रसाद धरेल,शिक्षक प्रतिनिधीमा डिलमाया तिवारी, सदस्यहरुमा केशव रिमाल, लक्ष्मी थपलिया, सरिता पुडाशैनी, अशोक थापा र सन्जु महतो रहेका छन् ।  

गोकर्ण सिटौलाको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको छ । सोही कार्यक्रममा विद्यालयबाट हालै निवृत्त भएका प्रधानाध्यापक बाबुराम श्रेष्ठ र शिक्षक यदुनाथ उप्रेतीलाई बिदाइ गरिएको थियो । समाजसेवी राजेन्द्र प्रसाद वुर्लाकोटीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =