नोबेल अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट दुई सातामा तीन हजार बिरामीको उपचार

पुस ०६, बिराटनगर । नोबेल शिक्षण अस्पतालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार २ सय ३६ बिरामी लाभान्वित भएका छन् ।   

ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने उद्धेश्यले स्थानीय संघ सस्थासँग समन्वय गरेर बिगत दुई साताको अवधिमा उदयपुरको बेलका नगरपालिकास्थित रामपुर, मोरङको दाम्राभिट्टा, विराटचोक र पथरीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिएका हुन् । 

उनका अनुसार उदयपुरको बेलका नगरपालिकासँग सहकार्य गरेर रामपुरमा सञ्चालित शिविरबाट १ हजार १ सय ५५ जना बिरामीले निःशुल्क स्वास्थ्य उपचार पाएका छन् । जसमा १ सय ५० जनाको भिडियो एक्सरे, २ सय १३ जनाको ईसीजी र २ सय ११ जनाको रक्त परीक्षण गरिएका थिए ।   

त्यस्तै, मोरङको दाम्राभिट्टा स्थित दाम्राभिट्टा सेकेण्डरी इङ्लिस स्कुलसँग सहकार्य गरेर सञ्चालित शिविरमा १ सय ७ जनाको भिडियो एक्सरे, १ सय ५३ जनाको ईसीजी र २ सय १३ जनाको रक्त परिक्षण गरिएका थिए ।   

त्यस्तैगरी मोरङको पथरीमा सञ्चालित शिविरमा ४ सय ९५ जना र विराटचोकमा भएको शिविरमा ४ सय ५३ जनाले निःशुल्क उपचार पाएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + ten =