साग अपडेटः महिला क्रिकेटमा नेपाललाई कास्य पदक

मंसिर २१, पोखरा । शनिबार पोखरामा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक हासिल  गर्न सफल भएको छ ।  

आज भएको यस  खेलमा   माल्दिभ्सलाई नेपालले १० विकेटको अन्तरले हराउँदै कास्य पदक हासिल गर्न सफल भएको हो । 

नेपालको तर्फबाट  अञ्जली चन्दले  ४ विकेट लिनुको साथै उनी प्लेयर अफ दि म्याच समेत घोषित भएकी थिईन् । यस्तै, सीता राना मगर र रुबिना क्षेत्रीले दुई–दुई विकेट लिए । सुमन खतिवडा र करुणा भण्डारीले एक–एक विकेट हात पारे । 

Image result for साग अपडेटः महिला क्रिकेट

माल्दिभ्सले ११ ओभर ३ बलमा ८ रन जोडेर आफ्ना सबै विकेट गुमाएको थियो भने माल्दिभ्सको खातामा जोडिएको ८ रनमध्ये १ रनमात्र ब्याटमार्फत आएको थियो ।  बाँकी ७ रन  नेपाली बलरबाट अतिरिक्त रनका रुपमा माल्दिभ्सले पाएको थियाे । 

माल्दिभ्सका  अइमा ऐशाथले एक रन हासिल गरेता पनी माल्दिभ्सको तर्फबाट  अरु कसैले  पनि रनको खाता खोल्न सकेनन् । 

नेपालले कास्य पदक हासिल गर्न  रोमा थापाले ५ रन योगदान  गरेकी थिए भने काजल श्रेष्ठले दुई रनको योगदान गरेकी थिईन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 2 =