जलपरि गौरिकाले बनाइन् ४ स्वर्णको कीर्ति, नेकपा बल्ल जुर्मुरायो, दूतावासको लापरबाहीका कारण २१ नेपाली कामदार कालोसूचीमा

मंसिर २४, काठमाडौँ । राजधानी काठमाडौँबाट प्रकाशित अधिकांश पत्रपत्रिकाहरुले नेपालमा जारी १३ औं सागसँगै अन्य विषयहरुलाई पहिलो पृष्ठको मुख्य समाचार बनाएका छन् ।   

आज अन्नपूर्ण पोष्टले गौरिकाले बनाइन् ४ स्वर्णको कीर्तिको विषयलाई पहिलो पृष्ठको मुख्य समाचार बनाएको छ । अन्नपूर्ण पोष्टका अनुसार १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पौडीको अन्तिम दिन अर्थात सोमबार सातदोबाटोस्थित पौडी पुलमा भएको १०० मिटर फ्री स्टायल इभेन्ट गौरिकाले स्वर्ण चुमिन् । गौरिकाले यस पटक ४ स्वर्ण जितिन् ।   

त्यस्तै अन्नपूर्ण पोष्टले नेकपाले बोलाएको स्थायी कमिटि बैठकको विषयलाई पनि पहिलो पृष्ठमा समाचार बनाएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको मुख्यालय धुम्बाराहीमा सोमबार बसेको सचिवालय बैठकले मंसिर २९ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको छ।   

१३औं दक्षिण एसियाली खेलकुदकै विषयलाई नेपाल समाचारपत्रले कान्छी ओलम्पियनको कीर्तिमानै कीर्तिमान शीर्षकमा समाचार छापेको छ । त्यस्तै, नेपाल समाचारपत्रले दूतावासको लापरबाहीका कारण २१ नेपाली कामदार कालोसूचीमा भन्ने शीर्षकलाई पनि पहिलो पृष्ठको मुख्य समाचार छापेको छ ।   

आज राजधानी दैनिकले भने जालपरि गौरि चार स्वर्णको कीर्तिमान रहेको विषयलाई मुख्य समाचार बनाएको छ । त्यस्तै, नयाँ पत्रिकाले ‘निगम आफैँले ८८ करोड मूल्यांकन गरको बोइङ ४८ करोडमा बेच्न टेन्डर’ शीर्षकमा समाचार छापेको छ ।   

अन्य पत्रपत्रिकाको पहिलो पृष्ठ तस्बिरमा   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =