सुनको भाउ बढ्यो,चाँदीको भाउ स्थिर
मकालु खबर
२०७६ पुस २ गते
पुष २, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज प्रतितोला ७१ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी आज तेजाबी सुनमा पनि तोलामा १ सय रुपैयाँ बृद्धी भएर प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदीको भाउ भने स्थिर भएको महासंघले जनाएको छ । मंगलबार प्रतितोला ८ सय ५० रुपैयाँमा बिक्री बितरण भईरहेको चाँदीको भाउ आज पनि सोही भाउ याथावत् रहेको छ ।
मकालु खबर
२०७६ पुस २ गते
प्रतिक्रिया
सम्बन्धित