महिला क्रिकेट : बंगलादेशविरुद्ध नेपालको फितलो प्रदर्शन
मकालु खबर
२०७६ मंसिर १८ गते
मंसिर १८, कास्की । १३ औं दक्षिण एशियाली (साग) अन्तरगत महिला क्रिकेट टिम अन्तरगत अहिले नेपाल र बंगलादेशबीच खेल भैरहेको छ । पोखरामा जारी खेलमा नेपालले बंगलादेशलाई ५१ रनको लक्ष्य प्रस्तु गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९ दशमलव २ ओभरमा अल आउट हुँदै ५० रनमै समेटिएको छ ।
नेपालका लागि तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बटुल्न सके । बंगलादेशकी रबिया खानले ४ विकेट लिइन् । नेपाललका लागि सोनु खड्का, कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले क्रमशः १२, १३ र १० रन बनाए । ओपनर सीता रानामगरले १२ बलमा मात्र ३ रन बनाईन् ।
नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सविरुद्ध १० विकेटको जित निकालेको थियो ।
null
मकालु खबर
२०७६ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित