सेञ्चुरी बैंकका ग्राहकले ब्लु क्रस अस्पतालमा उपचार गराउँदा १२ प्रतिशत छुट

पुस १३, काठमाडौँ ।  सेञ्चुरी कमर्सियल बैंक र त्रिपुरेश्वर, काठमाण्डौंस्थित ब्लु क्रस अस्पताल प्रा.लि. बीच बिभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।   

बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ ।   

सम्झौता अनुसार बैंैकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनिहरुले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जाँचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् । 

उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र ब्लु क्रस अस्पताल प्रा.लि.का कार्यकारी ब्यवस्थापन समितीका सदस्य सचिव रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गरे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *