वेश्यावृत्तिमा संलग्न महिलालाई दिने सजाय खारेज

पुस १५, चीन । वेश्यावृत्तिमा संलग्न महिला र उनीहरुका ग्राहकलाई दुई वर्षसम्म हिरासतमा राख्नमिल्ने व्यवस्था चीनले खारेज गरेको छ । 

चिनियाँ यौनकर्मीलाई शिक्षा शिविरमा राखेर सजाय दिने चीनको व्यवस्था खारेज भएको हो । चीनमा यौनकर्मी महिला र उनका ग्राहकलाई शिक्षा शिविर पठाउने नियम थियो । जहाँ उनीहरुलाई घरायसी काम लगायत काम गर्न लगाइन्थ्यो ।   

यस्तो व्यवस्था खारेज भएसँगै हिरासतमा भएका यौनकर्मीलाई रिहा गरिने भएको छ । चीनमा वेश्यावृत्ति गरेको प्रमाणित हुँदा १५ दिन थुनामा र ५ हजार युआन जरिवाना गरिने व्यवस्था छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *