१३ औं साग : ४५ स्वर्ण सहित नेपाल दोश्रो स्थानमा, यस्तो छ अरु देशको स्थान

मंसिर २३, काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ ।   

आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ ।   

यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।   

नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् ।   

साग पदक तालिका : 

देश    स्वर्ण    कास्य    रजत    जम्मा 

भारत    १३१    ७७    ४०    २४८ 

नेपाल    ४५    ४४    ७५    १६४ 

श्रीलङ्का    ३४    ६६    ९३    १९३ 

पाकिस्तान    २८    ३४    ४३    १०५ 

बङ्गलादेश    ८    २८    ६६    १०२ 

माल्दिभ्स    १    ०    २    ३ 

भूटान    ०    ०    ९    ९ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *