साग पुरूष फुटबलः बंगलादेशमाथि नेपालकाे पहिलाे गाेल

मंसिर २२, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगीता (साग) मा पुरुष फुटबल अन्तर्गत आज बंगलादेश र नेपालबीचको खेल जारी छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल सुरु भएको १० मिनेटमै नेपालले अग्रता लिएको छ । नेपालका सुनल बलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
नेपाल र बंगलादेश दुवैको आज चौँथो खेल हो । पुरुष फुटबल अन्तर्गत लिग चरणको याे अन्तिम हाे ।

आजको खेलमा नेपालसँग जित्नैपर्ने दबाबमा छ बंगलादेश । नेपालले भने फाइनलमा स्थान बनाउनका लागि बराबरी खेले पुग्छ ।
आजको खेल जितेको खण्डमा नेपाल १० अंकसहित फाइनलमा पुग्छ । बराबरी भएमा ८ अंक हुन्छ, यो पनि नेपालका लागि फाइनलकै यात्रा हो ।
बंगलादेशले जितेमा ऊ ७ अंकसहित नेपालको बराबरी दोस्रो स्थानमा आउँछ । र हेड टु हेडका आधारमा बंगलादेश फाइनलमा पुग्नेछ । नेपालले तेस्रो स्थानसहित कास्य पदकमै चित्त बुझाउनुपर्ने हुन्छ ।








