रौतहटमा बिभिन्न हतियारसहित तीन पक्राउ

पुष २, रौतहट ।  गएराती रौतहटमा चेकजाँचको क्रममा  सशस्त्र प्रहरीले बिभिन्न हातहतियार सहित तीन जनालाई पक्राउ गरेको छ ।   

रौतहटको राजपुर नगरपालिका ३ दमारआजात चोकमा खटिएको सशस्त्र  बेस फतुवाको टोलीले ती तीन जनालाई बिभिन्न हतियार सहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा परोहा नगरपालिका ६ बसन्तपटीका ३८ वर्षीय राम अधार साह, वडा ४ लौकाहाका ६६ वर्षीय छोटेलाल साह र बारा सुवर्णपुर गापा ६ का ३७ वर्षीय उमेधर यादव रहेको प्रहरीले जनाएको छ ।   

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनीहरुलाई रातको पौने आठ बजे  प्रहरी निरीक्षक दिलबहादुर बस्नेत नेतृत्वको टोली पक्राउ गरेको हो । 

पक्राउ परेका उनीहरुको साथबाट घरेलुु कटुआ पेस्तोल, ८ एमएमको २ थान सोही पेस्तोलमा लाग्ने गोली, चक्कु २ थान, वायर काट्ने ठुलो कटर १ थान, मोबाइल३ थान, पेचकस १ थान समेत फेला पारिएको  प्रहरीले जनाएको छ ।   

हाल उनीहरुलाई आवशयक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रबिनराज कर्णजितले जानकारी दिएकका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 12 =