५ वर्षीया बालिका बलात्कार गर्ने अभियुक्तलाई जन्मकैदको सजाय

पुस ३, काठमाडौं । जिल्ला अदालत तनहुँले पाँच वर्षीया बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक जनालाई जन्मकैदको सजाय सुनाएको छ ।   

न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको एकल इजलासले बुधबार तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जन्मकैदको फैसला सुनाएको हो । साथै पीडित बालिकालाई अभियुक्तबाटै ४ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने पनि फैसला भएको छ ।   

गत साउन १ गते बालिकालाई बलात्कार गरेको अभियोगमा थापा साउन २ गते पक्राउ परेका थिए। उनी साउन २४ गतेदेखि पुर्पक्षको लागि जिल्ला कारागारमा थुनामा थिए। 

Image result for जेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 4 =