मोटरसाइकल आपसमा ठोक्किँदा १ को मृत्यु, २ जना घाइते

मंसिर २९, सिरहा । सिरहाको लहान–ठाडी सडकअन्तर्गत लहान नगरपालिका–२३ स्थित सडकमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।   

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स३प ५३१९ र विपरीत दिशाबाट जाँदै गरेको स६प २६७६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा स।३प ५३१९ नम्बरको मोटरसाइकलका चालक लहान नगरपालिका–५ निवासी ४० वर्षीय सबिर अहमद नवाफको मृत्यु भएको प्रहरीले जनाएको छ ।   

दुर्घटनामा परी गम्भीर घाइते नवाफलाई उपचारका लागि लहान अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।   

Image result for accident

मृतकको शव लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ । सोही दुर्घटनामा परी लहान नगरपालिका–२४ गोविन्दपुर निवासी २१ वर्षीय राहुल भण्डारी र स६प २६७६ नंको मोटरसाइकल चालक लहान–२३ बथनाहा निवासी १८ वर्षीय रामशङ्कर यादव घाइते भएका छन् ।   

घाइते दुवैलाई थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *