सागमा नेपालको प्रभावशाली प्रदर्शन, २ दिनमा १५ स्वर्ण

मंसिर १७, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालले सुखद सुरुवात गरेको छ । ५० वटा स्वर्णको अपेक्षा गरेको नेपालले सागको दोस्रो दिन आइपुग्दा १५ स्वर्ण हासिल गरिसकेको छ ।   

सोमबार नेपालले तेक्वान्दो र कराँते खेलमा सानदार प्रदर्शन गर्याे । समुहगत खेलमा भन्दा पनि ब्यक्तिगत स्पर्धामा नेपालले प्रभावशाली प्रर्दशन रह्यो ।  तेक्वान्दाेमा आयसा शाक्यले दुइ स्वर्ण हात पारिन् ।  

भारत र श्रीलंकाले समान ३-३ स्वर्ण जित्दै क्रमश: दाेस्राे र तेस्राे स्थानमा रहेका छन् । पाकिस्तान २ स्वर्णसहित चाैथाे स्थानमा रहँदा बंगलादेश एक स्वर्ण जित्दै पाँचाै स्थानमा रहेकाे छ । प्रतियाेगितामा भुटानले एक कास्य पदक जितेकाे छ । माल्दिभ्सले खाता खाेल्न सकेकाे छैन । 

null

कुन खेलाडीले कुन पदक पाए ? 

(कराते) 

एकल काता मण्डेकाजी श्रेष्ठ 

टिम काता महिला- निर्मला तामाङ, संगीता मगर, सरु कार्की 

टिम काता पुरुष- मन्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रवीण मानन्धर 

५५ केजी- लक्ष्मण तामाङ 

८४ केजीमाथि- विप्लवलाल श्रेष्ठ 

४५ केजीमुनी- कुसुम खड्का 

५० केजीमुनी- अनु अधिकारी 

  

स्वर्ण पदक (तेक्वान्दो) 

  

पुम्से (२३–२९ वर्ष)- कमल श्रेष्ठ 

पुम्से (१७ –२३ वर्ष)- सिना मादेन लिम्बू 

पुम्से (२३ –२९ वर्ष)- पार्वती गुरुङ 

पुम्से (२९ वर्षमाथि)- आयसा शाक्य 

पुम्से (२९ वर्षमाथि)- आयसा शाक्य र सञ्जितकुमार पाण्डे 

पुम्से महिला टिम (१७–२३ वर्ष)- निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना 

पुम्से महिला टिम (२३–२९ वर्ष)- नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई 

स्वर्ण पदक (ट्रायथलन) 

सोनी गुरुङ 

रजत पदक 

कराते (एकल काता)- चञ्चला दनुवार 

कराते (८४ केजीमुनि)– दिवस श्रेष्ठ 

तेक्वान्दो पुम्से (१७–२३ वर्ष)- कृष्णबहादुर तामाङ 

कांस्य पदक 

तेक्वान्दो पुम्से (१७–२३ वर्ष)- अस्मिन राउत र सिना मादेन लिम्बू 

तेक्वान्दो पुम्से (२३–२९ वर्ष)- जितबहादुर बोट र पार्वती गुरुङ 

ट्रायथलन 

वसन्त थारू 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nine =