आमाको गलामा स्वर्ण सुम्पिँदै निमाले भनिन्– ‘आफ्नो भूमिमा स्वर्ण जित्दाको खुशी शब्दमा बयान गर्न सक्दिन’

मंसिर १९, काठमाडौं । सन् २०१३ मा भारतमा भएको १२ औं सागमा स्वर्ण जितेकी निमाले घरेलु मैदानमा भएको १३ औं सागमा पनि स्वर्ण हात पारिन् ।   

नयाँ रेकर्ड बन्यो उनको । उनी उसुमा लगातार दुई स्वर्ण जित्ने पहिलो नेपाली बनिन् । भारतमा भएको १२ औं सागमा नेपालले जम्मा तीन स्वर्ण जित्दा एक नीमाको नाममा थियो ।   

१३ औँ साग अन्तर्गत बिहीबार लगनखेलस्थित आर्मीको कभर्ड हलमा भएको उसुको थाउलो अन्तर्गत नान्दोमा बंगलादेशकी मोर्जिना अख्तरलाई पछि पार्दै निमाले स्वर्ण जितेपछि दुई स्वर्णको रेकर्ड बनेको हो ।   

उनले कुल १८.९१ अंक जोडेर स्वर्ण जित्दा १६.३ अंक बटुलेकी बंगलादेशकी मोर्जिनाले रजत पदकमै चित्त बुझाइन् ।   

स्वर्ण जितेपछि निमाले आफूलाई निकै खुशी लागेको प्रतिक्रिया दिइन् । ‘सागको १२ औं संस्करणमा पनि स्वर्ण ल्याएकाले मलाई दबाब थियो । अहिले पनि स्वर्ण जितेँ । खुशी छु । आफ्नो भूमिमा स्वर्ण जित्दाको खुशी म शब्दमा बयान गर्न सक्दिन । यसको आनन्द बेग्लै छ’, उनले भनिन् ।   

जब बोल्दै गर्दा उनले सफलताको श्रेय अभिभावक र प्रशिक्षकलाई दिँदै आमाको गलामा स्वर्ण पहिराइन् आमा निकै भाबुक बनिन् । माहोल खुशीकाे बन्याे । छेउमै रहेका बुवा मुस्कुराए । अनि दुवैले छोरीको सफलतामा खुशी रहेको प्रतिक्रिया दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =