बिराटनगरमा नेपाल अग्रवाल युवा मञ्चको मैत्रिपूर्ण क्रिकेट हुँदै

 मंसिर  २४, विराटनगर । बिराटनगरमा नेपाल अग्रवाल युवा मञ्चको मैत्रिपूर्ण क्रिकेट प्रतियोगीता आनन्द ईट्टा मारवडी प्रिमियम लिगको सातौ संस्करण  हुने भएको छ ।  नेपाल अग्रवाल युवा मंच बिराटनगरले मंगलबार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मारवाडी प्रिमियम लिग हुने जानकारी गराइएकाे हाे ।   

आगामी पौष २ गते देखि सुरु हुने मारवाडी प्रिमियम लिगमा ५ वटा टिमको सहभागिता रहेने नेपाल अग्रवाल युवा मञ्चका अध्यक्ष राजेश अग्रवालले बताए । उनका अनुसार टिमहरुको बीचमा १० वटा लिग म्याच हुने र अंकको आधारमा फाईनल म्याच पौष ५ गते हुनेछ । 

उक्त प्रतियोगितामा बिजयी टिमलाई ट्रफिका साथ नगद ३१ हजार प्रदान गरिनुकाे साथै  द्धितिय हुने टिमलाई ट्रफिसहित नगद १५ हजार प्रदान गरिने  बताइएकाे छ । साथै हरेक खेलका म्यान अफ द म्याचलाई ट्रफिका साथ २ हजार १ सयका दरले प्रदान गरिने जानकारी गराइएकाे छ । म्यान अफ द सेरिजले ट्रफिका साथमा नगद ५ हजार १ सय पाउँनेछन् ।    

उत्कृष्ट बलर, उत्कृष्ट ब्याटस म्यान, उत्कृष्ट एमेजिङ  प्लेयर लाई ट्रफिसहित नगद ३ हजार १ सय प्रदान गरिने छ । साथै बेष्ट डिसिल्पेन टिमलाई ट्रफि प्रदान गरिने छ । उक्त प्रतियोगिताको मुख्य प्रायोजनको रुपमा आनन्द ईट्टा रहेको छ भने सह-प्रायोजकको रुपमा चेरी वाथ फिटिङग्स रहेको कार्यक्रमका मुख्य संयोजक अभिषेक केडियाले जानकारी दिए ।   

प्रतियोगिताका प्रर्वधनका निमित्त आगामी पौष १ गते दिउँसो २ः३०  देखि अतिथी सदनबाट मोटरसाइकल र्यालीको आयोजना गरिएको केडियाले बताए । मारवडी  युवाहरुवीच खेलकुद प्रति अभिरुचि जगाइ राख्न यस्ता प्रतियोगिताहरु  नेपाल अग्रवाल युवा मञ्चले निरन्तरता दिईरहेको आयोजकले जानकारी गराए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − three =